च्याउ: न प्राणी न वनस्पती

च्याउ एक प्रकारको ढुसी हो । जिव विज्ञानमा पहिले यसलाई वनस्पति जगत अन्तर्गत राखिएता पनि यसको विशेषता प्राणी र वन्स्पती दुवै जगतसँग नमिल्ने भएकोले अहिले ढुसी जगत भनी छुट्ट्याएर राखिएको छ । च्याउ एक स्वस्थ, पौष्टिक र औषधीय गुणयुक्त खाद्द्यपदार्थ हो । चीनमा यसलाई महाऔषधी एवम शरीरमा अद्भुत शक्ति सञ्चार गराउने तत्व भएको विश्वास गर्छन्। रोममा च्याउलाई देवीदेवताको आहारा मानिन्छ। यो सबै शाकाहारी तथा गैर-शाकाहारी मानिसहरूको लागि पौष्टिक तरकारीको महत्त्वपूर्ण विकल्प हो । आजकाल अन्य तरकारी बालिहरुमा मानव स्वास्थ्य को लागि हानिकारक अखाद्द्य वस्तु जस्तै रासायनिक मल, कीटनाशक, ढुसिनासक, हर्मोन (छिटो बढाउन अनी आकर्शक बनाउन) आदीको तिव्र रुपमा प्रयोग भैरहेको छ । यी तरकारीमा प्रयोग भएका रासायनिक तत्वका अवशेषहरुले हाम्रो शरीरको रोगप्रतिरक्षा प्रणाली बिस्तारै कमजोर बनाउछ । यसैले यस सन्दर्भमा च्याउको उपयोगीता बढ्दै गएको छ ।

केही विशालु च्याउले तपाईंलाई मार्न सक्छ ! वर्षायाममा विभिन्न प्रजातिका च्याउहरु यत्रतत्र ठाउमा पाईन्छन । कुनै च्याउहरु यती धेरै विषालु हुन्छन कि तिनबाट निस्कने विशाक्त कणहरु हावासङ्गै उडेर हाम्रो छाला र श्वासप्रश्वास मार्फत फोक्सोमा पुगेर एलर्जी निम्त्याउछन, जसबाट जोगिन गाह्रो हुन्छ ।  त्यसैले विषालु च्याउ राम्ररी चिन्न र तिनीहरूबाट बच्न अत्यावश्यक छ । नेपालमा पाइने च्याउका प्रजातिहरु  मध्य केही मात्र विशालु पाइएका छन । यसो भन्दैमा यस लेखको उद्देश्य न त जंगली च्याउको अध्ययन वा अन्वेषणलाई निरुत्साहित गर्नु हो, न त सर्वसाधारण जनमानसमा च्याउ प्रतिको डरको भ्रम छर्नु नै । बरु, यसले तपाईंलाई च्याउको पहिचान र उपभोग्यताबारे उत्सुक्ता सहीतको थप ज्ञान दिनेछ । नेपालमा विशालु च्याउको सेवनले वर्षेनी औषत रुपमा ३० जना मनिसको मृत्‍यु हुन्छ जस्को कारण खानयोग्य र अयोग्य च्याउ छुट्ट्याउन नसक्नु हो ।

2 thoughts on “च्याउ: न प्राणी न वनस्पती

    1. युनिकोडमा लेखेको कम्प्युटर एक्कासी अफ भएर गयो । एती चै अगाडि वर्ड मा कपी गरेको थिए ।

      Like

Leave a comment