नचाहेरै म बाट यस्तो गल्ती हुन्छ किन (गजल)

नचाहेरै म बाट यस्तो गल्ती हुन्छ किन
उनी रुँदा सँगसँगै यो मन पनि रुन्छ किन

सक्दिन म पिडा देख्न अनुहारमा उनको कतै
उनका साना कुराले’नी यो मन साह्रै छुन्छ किन

टाढा पनि हुने कोशीस नगरेको कहाँ होर
जहाँ गए’नि मनले उनकै धड्कन सुन्छ किन

धेरै गरेँ सम्झाउनलाई, जिद्दी मन बुझाउनलाई
तै पनि यो भित्र भित्रै उनकै सपना बुन्छ किन

Nov 3, 2011 6:46PM

Leave a comment