आइज ए मेघ, कालो मेघ

आइज ए मेघ, कालो मेघ
बर्षा बनेर गर्जिदै आइज वा
सर्रसर्र हावासङ्गै नम्र भएर आइज
भर्दे खोलानदी अनी सागरलाई
तिर्खाएका ति पहाडहरुलाई
प्यासा ति तालतलैयाहरुलाई
सुकेका ति खहरेहरुलाई
म संकल्प गर्छु
सधैं त सङ्गै खेल्नेछु,
तँ भित्रै डुबुल्की मार्नेछु
मलाई थाहा छ, तँ आउँदैनस
म फेरी पुकार्छु
आइज, तँ आकाशमा घुम्दैफिर्दै
किन आउँदैनस तँ मसङ्ग ?
वाचा गरे त तेरो साथै हुन्छु भनेर
तँ यहाँ आएर त हेर
कि कती सुन्दर छ यि शितका थोपाहरु
कती मोहक छन यि फुल अनी कोपिलाहरु
जुर्मुराउदै गरेका नवयौवना पालुवाहरु
के यि सबै तेरै श्रीजना हैनन र
के मजा छ र आकाशमा !
तँ पनि मनमा विचार गर त
आइज ए मेघ, कालो मेघ …

—हरि
२०७६-०१-०२ IMG_20190415_175224 edited

Leave a comment