प्रिय, तिम्रो लागि म नै सुन हुँ …

gold-image

प्रिय,
तिम्रो लागि म नै सुन हुँ
अनी सुन नै म …

पाउमा सजाउ या शिरमा
औलामा उन या नाडिमा
नाकमा सजाउ या कानमा
गलामा विभुसित गराउ या
वदनमा छड्के बनाउ

हर श्रिङ्गारमा नछुटाउ
आउ प्रिय मलाई लगाउ
तिम्रो लागि म नै सुन हुँ …

– हरि
२०७६-०१-२३

Leave a comment