“मलाई कती माया गर्नुहुन्छ ?”

“मलाई कती माया गर्नुहुन्छ ?”maayaa
“अहँ गर्दिन”
“हजुर!”
“म तिमीलाई प्रेम गर्छु”
“उही त हो नि”
“होइन”
“के फरक छ र ?”

“माया जाल हो, प्रेम साश्वत
माया छल हो, प्रेम साचो
माया क्षणिक हो, प्रेम अनन्त
माया बन्धन हो, प्रेम स्वतन्त्र
माया स्वार्थी हुन्छ, प्रेम निस्वार्थ
मायाले खोज्छ, प्रेमले दिन्छ
माया शब्द हो, प्रेम भाव
माया दु:ख हो, प्रेम सुख
माया तृष्णा हो, प्रेम तृप्‍ति
माया अहम हो, प्रेम विनय
माया आश हो, प्रेम विश्वास
माया अन्धो हो, प्रेम इन्द्रेणी
माया सिमित हुन्छ, प्रेम असिमित
माया परिधि हो, प्रेम विन्दु
माया आकांक्षा हो, प्रेम समर्पण
माया मोह हो, प्रेम त्याग
माया भरोसा हो, प्रेम करुणा
माया भोग हो, प्रेम अनुभुती
माया आशक्ती हो, प्रेम शक्ती
माया रुपवान हुन्छ, प्रेम सुन्दर
माया सुबाश हो, प्रेम आभास
माया भ्रम हो, प्रेम सत्य
माया सधैं अपूर्ण हुन्छ, प्रेम सधैं पूर्ण
मायाले आश्रित गराउछ, प्रेमले जाग्रित गराउछ
माया ताल हो, प्रेम सागर
माया अस्थिर हुन्छ, प्रेम स्थिर
माया मनमा हुन्छ, प्रेम हृदयमा
माया सापेक्ष हुन्छ, प्रेम निरपेक्ष
माया आगो हो, प्रेम पानी
मायामा असन्तोष हुन्छ, प्रेममा सन्तोष
माया क्षत हुन्छ, प्रेम अक्षत
माया कमजोरी हो, प्रेम उर्जा
माया सृष्टी हो, प्रेम साधना
मायामा प्रभाव हुन्छ, प्रेम निष्प्रभाव
माया सङ्किर्ण हुन्छ, प्रेम उदार…”

“त्यसैले प्रिय, म तिमीलाई माया होइन प्रेम गर्छु प्रेम !!!”

हरि
२०७७-०१-२५

Leave a comment