उनी मेरी जीवनसाथी हुन

IMG-20191015-WA0022पहिलो पटक उनलाई भेट्नु र 
उनलाई देखेर आफ्नोपनको आभाष हुनु

शायद हाम्रो अवचेतन प्रेमको सन्देश थियो…

उनकै लवजको पतर्पतर र हातमा सजिएका चुराहरुको चम्चम्ले
उनी मेरै वारीपरी भएको आनन्दित महशुष गराउछ
अँ साच्ची, म मात्र होइन आमा’नी बानी पर्नुभएछ…

उनको सिउदोको सिन्दुरले,
यो आभाष गराउछ कि उनी मेरी हुन …
जब उनी मेरो चिरायुको लागि खाली पेट तीजको व्रत बस्छिन
तब साच्चै भन्छु, उनी झनै प्यारी लाग्छिन …

आफिस गएर उनी काम गर्छिन र
घरमा आएर ममी र मेरो ख्याल राखी
बुहारी र पत्नी हुनु को धर्म निभाउछिन…
मलाई थाहा छ, जीवनको सबै दु:खसुखमा उनी मेरी जीवनसाथी हुन,
उनी मेरी अर्धङ्गिनी हुन, उनी मेरी सहयात्री हुन …

हरि
२०७६-०७-२६

Leave a comment